
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ ।
११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिएका थिए ।
२८ वैशाखअघि उनले ट्वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहन्थे ।
गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्गाे प्रदेशमै पार्टीलाई शून्यमा पारे ।
गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उनकै पूर्ववर्ती पार्टी नेकपा (माओवादी केन्द्र)ले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो ।
कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उनका पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।
भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएकाे छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहे ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ । जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल