Online Nepal
  • शनिबार, ११ असार २०७९
  • कुन दलका खुल्ला सदस्य कति ?

    कुन दलका खुल्ला सदस्य कति ?

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    378
    SHARES

    काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ९ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्य हालसम्म १२९३५ जना खुल्ला सदस्य निर्वाचित भएका छन् ।

    हालसम्म नेपाली कांग्रेसका ५ हजार ८९ सदस्य निर्वाचित भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ४४९९ जना उम्मेदवार खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १७६४ सदस्य निर्वाचित भएका छन् भने जनता समाजवादी पार्टी, नेपालका ५५० जना उम्मेदवार खुल्ला सदस्य पदमा विजयी भएका छन् ।यस्तै १०३३ जना खुल्ला सदस्य स्वतन्त्र र अन्य दलबाट विजयी भएका हुन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend