Online Nepal
  • शनिबार, ११ असार २०७९
  • विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

    विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    252
    SHARES

    पेरिस : फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ ।

    शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ ।

    विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए ।

    दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend