Online Nepal
  • शनिबार, ११ असार २०७९
  • श्रीलंकामा संकटकाल हट्यो

    श्रीलंकामा संकटकाल हट्यो

    नेपालमञ्च संवाददाता
    जेष्ठ ७ २०७९, शनिबार
    324
    SHARES

    कोलम्बो । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए ।

    राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend