२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेध
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ६ सोमबार
  •  
  •  
  •  
  •  

89

काठमाडौं – सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका मुख्य सहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द सहितको आदेश जारी गरेको छ ।

सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका

प्रवक्ता पार्वत गुरुङले मुख्य सहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने सहितको आदेश जारी गरेको जानकारी दिनुभएको हो ।


उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर,

नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द गर्न सरकारले आदेश दिएको छ ।

परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ ।

अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ ।
त्यस्तै होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने व्यवस्था गरिएको छ त्यसपछि भने होम डेलिभरी मात्र गर्न पाइने प्रवक्ता गुरुङले जानकारी दिए।

त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाइने उनले बताए।

‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको प्रवक्ता गुरुङले जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले संसदमा बिजनेस नभएका कारण अधिवेशन अन्त्य गरेको बताए।


सरकारविरुद्ध अविश्वास प्रस्ताव आउँछ भनेर अधिवेशन अन्त्य नगरेको उहाले बताए।

सरकार परिवर्तन गर्ने चाहना राख्ने दलहरुलाई पर्याप्त समय दिए पनि उनीहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको गुरुङले बताए।

मन्त्रिपरिषद्ले सिनेमा हल, पार्टी प्यालेश, जिमखाना, फुटसल, सभा, आमसभा, जुलुस, दर्शकसहितको खेलकुद पनि बैशाख मसान्तसम्म रोक लगााउने निर्णय गरको छ ।

सरकारले जारी गरेको आदेश अटेर गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

भर्खरै