Online Nepal
  • शनिबार, ११ असार २०७९
  • एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

    एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    330
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।

    न्युज कारखानासँग बोल्दै अध्यक्ष शेर्पाले भने, ‘भोलि (शुक्रबार) अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरूसँग सल्लाह भइरहेको छ,’ कर्माले भने ।

    यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रूपमा निर्वाचित भएका थिए ।

    तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्द्वी रूपमा उत्रने तयारी गरेका छन् । उनले भने हालसम्म घोषणा गरेका छैनन् ।

    एन्फा चुनाव आगामी ६ असारमा हुँदैछ । जसमा लागि भोलिबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यतालिका रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend