Online Nepal
  • शनिबार, ११ असार २०७९
  • अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून

    अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    252
    SHARES

    एजेन्सी
    सिड्नी । अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ । संघीय चुनावको दुई दिन अघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो ।

    बेरोजगारी दर अप्रिलमा ३ दशमलब ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ । यो दर सन् १९७४ पछिको अहिसम्मकै थोरै हो ।

    अष्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अष्ट्रेलियाको तथ्यांक व्युरोले जनाएको छ । यो अघिल्लो महिनाको तुलनामा ३ दशमलब ९३ प्रतिशतले कमी हो ।

    धेरै रोजगारदाताहरू भन्छन् कि उनीहरुलाई कर्मचारी पाउनै गा¥हो भइरहेको छ । ‘हामी पक्कै पनि कर्मचारी अभाव महसुस गरिरहेका छौं’, सिड्नी रेस्टुरेन्ट समूह एप्पलज्याक हस्पिटालिटीका मानव संसाधन प्रबन्धक म्याट जेनकिन्सले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend