Online Nepal
  • शनिबार, ११ असार २०७९
  • सुनको मुल्य बढ्यो, कति पुग्यो ?

    सुनको मुल्य बढ्यो, कति पुग्यो ?

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    345
    SHARES

    काठमाडौं : सुनको मुल्य तोलामा ५ सय रुपैँयाले बढेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो । आज भने बढेर छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend