२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ओलीको निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो नेपाल समूह
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

95

काठमाडौँ : अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयविरुद्ध नेकपा एमालेका नेता माधव कुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

अध्यक्ष ओलीले गरेका निर्णयको बैधानिकतामाथि प्रश्न उठाउँदै नेपाल समूह आइतबार आयोग पुगेको हो ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि ओलीले एकतर्फी गरेका निर्णयलाई वैधानिकता नदिन माग गर्दै नेताद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डे आइतबार आयोग पुगेका हुन् ।

नेता भुसालका अनुसार सर्वोच्च अदालतको फैसलापछि ओलीले एकतर्फी रुपमा एमालेका नाममा गरेका निर्णयलाई वैधानिकता नदिन माग गरिएको छ ।

नेपाल समूहले आधिकारिक रूपमा दल सञ्चालन गर्ने अख्तियारी आफूहरुसँग भएको हुँदा दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकता सम्बन्धी विषयमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ (ख), (ग) र दफा ४४ (१) बमोजिम विवादको निरुपण गर्न माग गरेको छ ।

‘नेकपा (एमाले) दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णय आधिकारिकता सम्बन्धी गम्भीर विवाद सिर्जना भएकोले उक्त निर्णय काम कारवाही वदर गरी पार्टीको २०३ जना पदाधिकारी सहित केन्द्रीय सदस्यमध्ये हामी दावी प्रस्तुतकर्ता दलका जिम्मेवार वरिष्ठ नेता, पार्टी नेता, उपाध्यक्ष, उपमहासचिव, सचिव लगायत दलका बहुमत पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूले आधिकारिक रूपमा दल सञ्चालन गर्ने अख्तियारी भएको हुँदा दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्बन्धी विषयमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ (ख), (ग) र दफा ४४ (१) समेत बमोजिम विवादको निरुपण गरी पाउनाका लागि हस्ताक्षर गरी प्रस्तुत दावी पेश गरेका छौं,’ आयोगमा बुझाएको पत्रमा छ ।

भर्खरै