
काठमाडौं : भारतले नेपाललाई पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ । सोमबार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको हो ।
आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा भारतले मूल्य बढाएको हो ।
निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ। यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.०२ रुपैयाँमा थियो ।
डिजेलको खरिद मूल्य १८८.३३ पुगेको छ भने मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ।
निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको छ ।
दुई दिनअघि मात्रै निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो।
-
एकीकृत समाजवादीले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा