भैरहवा – नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो ।
भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार नै लुम्बिनीमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।
-
माओवादी केन्द्रका उपाध्यक्ष महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
-
माओवादी नेता लेखनाथको टिप्पणी : पद र पैसाको लागि मरिहत्ते गर्ने माओवादी पनि उहीं ड्याङको मुला
-
बिमस्टेक सहितका संगठन राष्ट्रिय हितका निम्ति प्रयोग गर्नुपर्छ : सांसद प्रदीप पौडेल
-
मन्त्रीको शपथ लिएपछि दीपक मनाङेले भने : अब ४ वर्ष म पनि साँच्चिकै राजनीति गर्छु
-
राप्रपा अध्यक्ष लिङ्देनको टिप्पणी : राजनीतिक दलहरू असफल भए
-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ
-
नेविसंघले जलायो गृहमन्त्री रवि लामिछानेको पुत्ला, राजीनामा माग
-
डोनाल्ड ट्रम्पको धम्की : म राष्ट्रपतिमा विजयी भइनँ भने अमेरिकामा रक्तपात हुनेछ
-
नेकपा एस छोडेको भोलिपल्टै भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे
-
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै सांसद शाहीले भने : कांग्रेसलाई सहकारी ठगी गर्न नसिकाउनुहोला