२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
एमसीसी नेपालको हितमा छ, संसदबाट चाँडो पास गर्नुपर्छ : डिला संग्रौला
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

177

बागलुङ : कांग्रेस नेतृ डिला संग्रौलाले एमसीसी नेपालको हितमा आएको परियोजना भएकोले पास गर्नुपर्ने बताएकी छिन् ।

उनले केपी शर्मा ओली सरकारको विकल्पमा कांग्रेसले नेतृत्व लिने र विकास निर्माणको गति बढाउन एमसीसी पास गर्ने कांग्रेसको योजना रहेको बताइन् ।

आइतबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार अन्तरक्रियामा संग्रौलाले एमसीसी पास गर्ने र संविधानलाई मूलधारमा ल्याउने काममा कांग्रेस नेतृत्व चाहिएको दाबी गरिन् ।

‘ओली सरकार अर्कमण्यताको पर्याय भएको भन्दै जे मन लाग्यो त्यही गर्ने स्वेच्छाचारी र अधिनायक सरकारको विकल्प दिन कांग्रेसले तयारी गरेको हो,’ उनले भनिन्, ‘एक्लै सरकार बनाउने संख्या नभएकोले माओवादी र जनता समाजवादीसँग छलफल भइरहेको छ ।’

केन्द्रीय समिति बैठकले पनि एमसीसी पास गर्ने शर्तमै सरकारमा जाने म्याडेण्ड दिएको उनले बताइन् ।

भर्खरै