२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त, आजै फेरी गृहमन्त्री बन्दै
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

132

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर बादलको सांसद पद गुमेसँगै पदमुक्त भएका छन् ।

आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएपछि उनी गृहमन्त्रीबाट पनि पदमुक्त भएका हुन् ।

सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूताउने फैसला गरेपछि बादल एमाले प्रवेश गरेका थिए ।

पार्टी परित्याग गरेको भन्दै नेकपा माओवादी केन्द्रले उनलाई कारवाही गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।

पत्र प्राप्त भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

गृहमन्त्रीबाट पदमुक्त भएका बादल फेरी सोही जिम्मेवारीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्रीले गृहमन्त्रीमै पुनर्नियुक्ति गरेका हुन् ।

आज साँझ राष्ट्रपति निवासमा सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि माओवादी केन्द्रले कारवाही गरेका चार सांसदलाई पार्टीबाट निष्काशित गरपछि प्रधानमन्त्रीले उनीहरुलाई पुनर्नियुक्ति गरेका थिए ।

भर्खरै