२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्दै शेरधन राई
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

87

काठमाडौँ । प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ ।

आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

जारी सातौं हिउँदे अधिवेशनको आठौं बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिपक्षी दलहरु भने आइतबारको बैठक चल्न नदिने पक्षमा छन् । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने बताइएको छ ।
सरकारी पक्ष बने अवरोध भएपनि अन्त्य गरेरै छोड्ने बताउँछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्

भर्खरै