२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
माधव नेपाल समूहले केपी ओली समूहलाई दियो अर्काे धक्का
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

343

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद आधारभूत तहसम्म विस्तार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएको भन्दै समानान्तर गतिविधिमा ओर्लिएको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौँका दशवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ ।

जिल्ला कमिटीको बैठकले क्षेत्रीय संयोजक तोकेको र सम्बन्धित कमिटीले पूर्णता दिने अध्यक्ष वसन्त मानन्धरले जानकारी दिए ।

उनकाअनुसार काठमाडौँ– १ ओमकुमारी श्रेष्ठलाई संयोजक तोकिएको छ ।

काठमाडौँ २ मा रुद्र चापागाईं, ३ मा विमल अर्याल, ४ मा ध्रुवराज न्यौपानेलाई जिम्मा दिइएको छ ।

निर्वाचन क्षेत्र नम्बर ५ मा आरके सेढाईं, ६ मा लक्ष्मण बिडारी, ७ मा सञ्जयराज शर्मा, ८ मा दीपक महर्जन, ९ मा ईश्वर बिडारी र १० मा बटुकृष्ण थापा तोकिएको उनको भनाइ छ ।

उनले केही नगरपालिकामा पनि पार्टी प्रमुख तोक्ने काम भएको जानकारी दिए ।

भर्खरै