२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : सरकार गठन र महाधिवेशन मुख्य एजेण्डा
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

145

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्ने भएको छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण, नवीकरण तथा केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल हुनेछ ।

कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो।

तर सिन्धुपाल्चोक लगायत जिल्लाले अझै क्रियाशील वितरण गर्न फारम नपाएको बताएका छन्। यहाँ समायोजनकै काम सकिएको छैन।

कांग्रेसले चैत ३० गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो।

त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनपछि स्थगित केन्द्रीय समिति बैठक आज बस्न लागेको हो।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्छ।

बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

भर्खरै