२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रचण्डले लुम्बिनी सरकार ढाल्छौँ भनेपछि शंकर पोखरेल किन यसरी डराए !
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ५ आईतवार
  •  
  •  
  •  
  •  

402

काठमाडौँ । कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार सांसदले ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको घटनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको आलोचना गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार पनि फेर्न आफू लागिपरेको भन्ने सार्वजनिक भाषण गरेपछि मुख्यमन्त्री पोखरेलले उनको नाम नलिईकन आलोचना गरेका हुन्।

ओलीपक्षीय एमाले नेता पोखरेलले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ, त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्न सक्छ।’ यसबाट उनी प्रचण्डको भनाइले त्रसित भएको बुझिन्छ।

भर्खरै