Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार बालेन शाह सबैभन्दा अगाडि

    आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार बालेन शाह सबैभन्दा अगाडि

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो मतपरिणाम सार्वजनिक गरेको छ।

    आयोगका अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्।

    राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाएका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।

    अहिले महानगरका वडाहरू १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend