
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।
नेकपा एकीकृत समाजवादीबाट हरिपुर नगरपालिका–९ को वडाध्यक्षका उम्मेदवार विश्वनाथ राय यादव ११ सय ८७ मतका साथ विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनाथ साहले ५ सय ५५ मत मात्र प्राप्त गरे ।
यस्तै उक्त पालिकामा मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीले १ हजार ४७ मतसहित अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार १ हजार १६ मतसहित र निवर्तमान मेयर जमरुद्दिन मन्सुरले ९ सय ७५ मतसहित चुनावी मैदानमा छन् ।
यसैबीच उपमेयरका उम्मेदवारहरूमा एकीकृत समाजवादीकी शिलु कार्की १२ सय २५ मतसहित अग्र स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी अनिता देवी १ हजार १८ मत र नेपाली कांग्रेसकी उम्मेदवार निलमदेवी राय यादव ८ सय मतसहित तेस्रो स्थानमा छन् ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?