Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहालले लिइन् अग्रता

    भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहालले लिइन् अग्रता

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

    भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् ।

    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत पाएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend