Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • जनकपुरको प्रमुखमा स्वतन्त्र उम्मेदवार साहले बढाए मतान्तर

    जनकपुरको प्रमुखमा स्वतन्त्र उम्मेदवार साहले बढाए मतान्तर

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ । जनकपुर उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले जारी मतगणनामा मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । साहलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् ।

    तेस्रो मत पनि स्वतन्त्र उम्मेदवार (आँप) ले ७५ र लोसपाका उम्मेदवारले ५७ तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend