Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • बैतडीको पुर्चाैडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

    बैतडीको पुर्चाैडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    बैतडी । पुर्चाैडी नगरपालिका-१० काे वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले चार सय ६८ मत प्राप्त गरेका छन् ।

    वडा अध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसबाट विजयी भएका छन् भने एक वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्को ।

    पुर्चौडीमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार दिपक बलमे पाँच सय सय ७५ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका कर्णबहादुर कुँवरले चार सय २३ मत प्राप्त गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend