२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
फ्लोर क्रस गर्ने एमालेका तीन सांसदलाई मुख्यमन्त्रीको ‘मन्त्री पद’ उपहार
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ४ शनिबार
  •  
  •  
  •  
  •  

219

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्‍त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाइदिने नेकपा एमालेका तीन सांसदलाई मन्त्री पद उपहार दिएका हुन् ।

आज साँझ मन्त्रिमण्डल पुनर्गठन गर्दै मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्ने एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री शाहीले अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्।

शुक्रबार मुख्यमन्त्री शाहीका पक्षमा विश्वासको मत दिएका एमालेका चार सांसदमध्ये तीन जना मन्त्री बनेका हुन् ।

आज मन्त्री बनेका तीन वटै सांसदलाई एमालेले कारवाही गरेको छ ।

उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

फ्लोर क्रस गरेका अर्का सांसद प्रकाश ज्वाला भने मन्त्री बनेनन् । उनी यसअघि मुख्यमन्त्री शाहीकै मन्त्रिमण्डलमा सदस्य थिए ।

प्रदेश सभामा अल्पमत रहेका मुख्यमन्त्रीका पक्षमा मतदान गरेर एमालेका सांसदले शाहीको पद जोगाइदिएका थिए ।

भर्खरै