Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • रोचक बन्दै भरतपुरको मतगणना : विजयको अग्रता कायमै, पछ्याउँदै रेनु

    रोचक बन्दै भरतपुरको मतगणना : विजयको अग्रता कायमै, पछ्याउँदै रेनु

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ – चितवनस्थित भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

    १५० मत गन्दा मेयरका उम्मेदवार विजय सुवेदीले ६६ मत पाएका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार रहेकी रेनु दाहालले ५१ मत पाउँदा कांग्रेसका बागी जगन्नाथ पदडेलले १३ मत पाएका छन् ।

    यसैगरी उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ५७ मत पाएका छन् । अधिकारी कांग्रेस नेता हुन् । त्यसैगरी उपमेयरमा राप्रपाका हिमाल गुरुङले ४५ मत पाएका छन् ।

    वडाध्यक्षमा कांग्रेसका केशव महर्जनले ५९ मत पाउँदा एमालेका शुक्र श्रेष्ठले ६५ मत पाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend