Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

    मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।

    उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमिले ६३२ मत पाउँदा छिरिङले ५३८ मत मात्रै पाएकी छिन् । वडातर्फ ३ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ । यो कांग्रेसको गढ मानिने पालिका हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend