
हेटौंडा । मकवानपुरका ११० वडामध्ये हालसम्म तीन वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको सबै वडामा नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेसले इन्द्रसरोबर गाउँपालिका– १, भीमफेदी गाउँपालिका– १ र मनहरी गाउँपालिका– १ मा जित हासिल गरेको हो ।
जसमा इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका सुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरेका छन् ।
भिमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष उम्मेदवार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर १ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका शिव प्रसाद खनाल विजयी भएका हुन्। उनले १ हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजवादी र माओवादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?