२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
फ्लोर क्रस गर्ने एमालेका तीन सांसदलाई कारवाही, प्रकाश ज्वाला केन्द्रको जिम्मा
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ४ शनिबार
  •  
  •  
  •  
  •  

164

नेकपा एमालेले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन सांसदलाई कारवाही गरेको छ ।

एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको बैठकले ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो ।

तीनै जना सांसदलाई वैशाख ३ गतेदेखि नै लागू हुनेगरी कारवाही गरिएको एमाले कर्णाली प्रदेश कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कारवाही हुनेमा प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाही रहेका छन् ।

यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका सांसद प्रकाश ज्वालालाई कारवाहीको जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ ।

उनलाई पनि पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न केन्द्रमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका थिए ।

भर्खरै