Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • डोकोबाट मतदान गरेको केही मिनेटमै मृत्यु

    डोकोबाट मतदान गरेको केही मिनेटमै मृत्यु

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार

    जाजरकोट । जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ ।

    मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend