Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • यूएईका राष्ट्रपतिको निधन, ४० दिन शोक

    यूएईका राष्ट्रपतिको निधन, ४० दिन शोक

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार

    एजेन्सी – संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।

    ‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ ।

    सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend