Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • निर्वाचनमा खटिएका सुरक्षाकर्मी भोकभोकै, बिस्कुटकाे सहारामा खटिनुपरेको गुनासो

    निर्वाचनमा खटिएका सुरक्षाकर्मी भोकभोकै, बिस्कुटकाे सहारामा खटिनुपरेको गुनासो

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार

    मुगु । मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा खटिरहेका छन्।

    छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयकाे मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटकाे भरमा निर्वाचनमा खटिनु परेकाे वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।

    ‘ बिहानै आएर खटिरहेका छाैँ, अहिलेसम्म खाना खान पाइएकाे छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छाैँ,’ उनले भनिन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend