Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • सिन्धुपाल्चोकमा सेनाले किन हतियार देखायो ?

    सिन्धुपाल्चोकमा सेनाले किन हतियार देखायो ?

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार
    11.4K
    SHARES

    काठमाडौँ – आज देशभरका ७५३ वटा स्थानीय तहमा मतदान भइरहेको छ । स्थानीय तहका जनप्रतिनिध चयनका लागि मतदान जारी रहेको हो ।

    कतिपय स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएपनि धेरैजसो स्थानमा झडपका खबरहरु आइरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको छ।

    साथै नेपाली सेनाको टोली पनि खटिएको छ । अहिले सिन्धुपाल्चोकको घटना चर्चामा छ । नेपाली सेनाले मतदानस्थलमा हतियार देखाएको घटनाले चर्चा पाएको हो ।

    सिन्धुपाल्चोकको ज्यामिरेस्थित गोल्माथान मतदान केन्द्रमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएपछि नेपाली सेनाको टोली खटिएको हो ।

    सैनिक प्रवक्ता नारायण सिलवालले स्थितिलाई नियन्त्रणमा लिन सेनाको टोली पुगेको बताए ।

    ‘हामीलाई बोलाइएपछि सेना त्यहाँ पुगेको हो । हाम्रो उपस्थितिमा स्थिति नियन्त्रणमा आएको छ’, उनले भने ।

    अहिले त्यहाँ मतदान सुरु भइसकेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend