Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • दोलखामा कांग्रेस र एमाले कार्यकर्ताको झडपपछि मतदान रोकियो, सेनाको नियन्त्रणमा मतदान केन्द्र

    दोलखामा कांग्रेस र एमाले कार्यकर्ताको झडपपछि मतदान रोकियो, सेनाको नियन्त्रणमा मतदान केन्द्र

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार
    9.6K
    SHARES

    दोलखा – दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो ।
    बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

    वडा नम्बर ३ मा रहेको कालीढुंगा मावि मतदान केन्द्रमा झडप भएको हो । झडपमा परी एक जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपपछि तनाबग्रस्त बनेको मतदान केन्द्रलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

    झडपपछि नेपाली सेनाले मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि झडप भएको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए ।

    मतदाता आउने बाटो नै अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । सुरक्षाकर्मीले अवरोध हटाउन खोजेपछि मतदानस्थल तनावग्रस्त बनेको हो ।

    पुनः मतदान गराउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुचारू गरिने डिएसपी पौडेलले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend