२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
फ्लोर क्रस गर्ने सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही सिफारिस
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ३ शुक्रबार
  •  
  •  
  •  
  •  

316

सुर्खेत : नेकपा एमालेले संसदीय दलको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने चार सांसदलाई कारवाही गर्न सिफारिस गरेको छ ।

बैठकले एमाले सांसद प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न सिफारिस गरेको हो ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार सांसदले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हुन् ।

प्रदेश सभापछि बसेको एमाले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने सांसदलाई कारवाही गरेको हो ।

आज मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत लिएका हुन् ।

उनीहरु माधव नेपाल समूहका सांसद रहेको बताइएको छ ।

एमाले सांसदको मत पाएपछि मुख्यमन्त्री शाहीको पद पनि जोगिएको छ ।

मुख्यमन्त्री शाही नेतृत्वको दल माओवादी केन्द्रसँग १२ सांसद थिए । ६ सांसद रहेको कांग्रेसले शाहीलाई मतदान गर्ने निर्णय गरेको थियो ।

३९ सदस्यीय प्रदेश सभामा विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई २० मत आवश्यक रहेकोमा एमालेका चार सांसदले फ्लोर क्रस गरेका हुन् ।

मुख्यमन्त्री शाहीका पक्षमा २२ मत खसेको हो । योसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका छन् ।

भर्खरै