January 24, 2021, Sunday
२०७७, ११ माघ आईतवार
Nepal 1:37:26 pm
म प्रधानमन्त्री भएको बखत…
भेषराज घिमिरे
२०७७ पुष ४

515

हजुरलाई राष्ट्रपतिज्यूले प्रधानमन्त्रीपदको सपथको लागि १०ः३० बजे शुभ साइतमा तय गर्नु भएको छ । फोनमा मलाई निम्ता गर्ने राष्ट्रिपति कार्यालयको सचिवज्यू हुनु हुन्थ्यो, मैले ‘म तयार नै छु’ भनि जानकारी गराए ।

अनि मलाई भन्न त एउटा कुरा तत्कालै भनौ जस्तो लागेको थियो की यति ठूलो जनताबाट अभिमत प्राप्त गरी आफ्नै पार्टीले पनि संसदीय दलमा नियुक्त गरेको ब्यक्तिलाई सबै समय शुभ नै हुनु पर्ने तर पनि आफ्नो त्यो मनमा लागेको कुरा फर्काउन उपयुक्त देखिन किनकी यसमा कसैलाई पनि हानी नोक्सानी हुन सक्ने कुरा थिएन ।

हतार हतारमा किनेर ल्याएको रेडिमेड दौरा सुरुवाल जुन भेडासिंहमा पाइदो रहेछ, ल्याईवरी राष्ट्रिय पोशाकमा करिव १०.२५ मा पुगे । किनभने काठमाण्डौ ट्राफिक जामका कारण ढिलो पनि हुन सक्छ भन्दै निस्किए । समयलाई महत्व दिनु पर्छ भन्ने सोच आफ्नो रहेको र यसबाट परिवर्तन गर्न सकिने धेरै बिषयवस्तु छन् भन्ने आफ्नो ठम्याई रहेको कारण निदिष्ट समयमा नै शितलनिवास पुगे ।

जहाँ मलाई सपथको लागी विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उच्च पदस्थ प्रशासकहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रमुख राजनैतिक दलका नेताहरु सबैलाई आमन्त्रण गरिएको रहेछ । संबैधानिक अंगका प्रमुखहरु पनि उपस्थित हुनु हुन्थ्यो । जे होस एउटा विशिष्ट र भब्य समारोह थियो । जव राष्ट्रपति महोदय आउनु भयो सबै आ–आफ्नो स्थानबाट उठि विनम्र अभिवादन टक्यायौं । अनि तोकिएको समयमानै सपथ गहण भयो ।

सपथ ग्रहण पछी सिधै प्रधानमन्त्रीको कार्यालय पुगी कार्यभार सम्हानु अगाडी शहीद मञ्च गई सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरे । त्यति नै बेला एकजना विशिष्ट महानुभावले एउटा चिट हातमा दिनुभयो मैले त्यो चिट नहेरी उहाँलाई नै फर्काए र भने नीति नियम र प्रक्रिया अनुसार भेट्न सक्नुहुन्छ अहिले हतार नगरौं ।

जव म प्रधानमन्त्रीको कुर्सीमा वहाली गरे मलाई एउटा फाइल सदरको लागि पेश गरियो । जुन फाइल मेरो प्रयोगको लागि अत्यावश्यक गाडीको खरिद आदेश थियो जुन मैले नम्र भाषामा टिप्पणी लेखिदिएको ‘श्रीमान मुख्यसचिव ज्यू, मलाई मेरो अवस्था, हैसियत र देशको आर्थिक अवस्था, देशको बारे धेरै थाहा छ तसर्थ यस्तो फजुल खर्च गर्ने परम्परा आजैका मितिदेखि अन्त्य गर्ने प्रयत्न गर्नु होला ।’ अनि मैले मेरो कुर्सीको अगाडी राष्ट्रपति महोदयको फोटो र अर्कोतर्फ मलाई नैतिक शिक्षा पढाउने गुरु स्व. महानन्द शर्मा ज्यूको फोटो राख्न लगाए किनभने म यो कुर्सीमा बसुन्जेल नैतिकताबाट कहिल्यै पनि बिचलित हुन नसकु ।

अन्य मन्त्रिमण्डलका सदस्यहरुको सपथ अनि सामान्य परिचय पछि लगत्तै क्याविनेटको बैठक राख्न लगाए र उपस्थित सबै मन्त्रिमण्डलका सदस्यहरुलाई देशको कानून नियम मिचेर कुनै कार्य नगर्नु र जनताको हितलाई शिरोधार्य गर्नु भनि संक्षिप्त आदेश दिए । मेरो प्रथम, मन्त्रिपरिषद्ले गरेका निर्णयहरुमा नेपालबाट प्लाष्टिक झोला सधैका लागि बन्देज लगाउने साथै त्यस ब्यवसायसंग सम्बन्धित उद्योगीहरुलाई अन्य विकल्पको लागि छर्नाेट गर्ने अवसर र सहुलियत कर्जाको ब्यवस्था गर्ने सम्वन्धमा रह्यो ।

दोस्रो निर्णय, राजनीतिक र ब्यवसाय अलग अलग बिषय भएकोले जो ब्यक्ति राजनीतिमा सक्रिय छ उसले कुनै स्कूल, कलेज, पेट्रोलपम्प, हस्पिटल लगायतका उद्योग ब्यवसायमा लगानी गर्न नपाउने र त्यसै संग सरोकार राख्ने कानून तत्काल निर्माण गर्ने, साथै शिक्षा र स्वास्थ्यमा सम्पुर्ण लगानी राज्यको रहने, त्यसको लागी बजेट ब्यवस्थाको लागी देशमा सरकारसंग रहेका सुविधा सम्पन्न गाडीहरु लिलाम बिक्री गर्ने, संसद विकास कोषको रकम ट्रान्सफर गर्ने र बाँकी नपुक रकम शिक्षा र स्वास्थ्यकर बाटै पूर्ति गर्ने ।

दिगो स्वास्थ्य र शिक्षा नीतिको लागी एउटा अधिकार सम्पन्न प्राधिकरणको गठन गर्ने र त्यसको अध्यक्षमा प्रा.डा. गोविन्द के.सी.लाई नियुक्त गर्ने र उहाँलाई सो पद स्वीकारको लागी अनुरोध गर्ने र अर्का निर्णय थियो, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई निरन्तरता दिने । मेरो निर्णयमा एकजना मन्त्रीज्यू आपत्ती जनाउदै हुनुहुन्थ्यो । मैले भने, ‘यो प्रधानमन्त्रीय पद्दती हो । तपाईले आफ्नो कुरा राख्न सक्नुहुन्छ तर विमती राख्नुभयो भने तपाईलाई कता लाग्ने भन्ने स्वतन्त्रता पनि छ ।’

क्याविनेट बैठक लगतै चुरे संरक्षण समितिका पदाधिकारी र वन तथा वातावरण मन्त्रालयका मन्त्री, सचिव ज्यूहरुसंग वैठक गरे । चुरे विनासले नेपालको तराई क्षेत्रमा भएको विनास र सिचाई तथा खानेपानीमा आएको समस्यालाई गहिरो किसिमले छलफल गर्दै चुरेलाई पूर्ण संरक्षीत क्षेत्र घोषणा गरी त्यहाँका वासीन्दाहरुलाई विकल्प सहितको कार्ययोजना तत्काल पेश गर्न निर्देशन दिए ।

परिवर्तन आफै बाट शुरु गर्नु पर्छ भन्ने थाहा थियो तसर्थ प्रधानमन्त्रीको सचिवालय सानो आकारमा बनाए । विज्ञ समूह निर्माण गरे र सामान्य खालको गाडीको प्रयोग गरे जसबाट विस्तारै अरु मन्त्रीज्यूहरु र सचिवज्यूहरुलाई पनि अप्ठ्यारो महशुस भई सामान्य खालका सवारी साधनको प्रयोग गर्नु हुनेछ भने अपेक्षा राखे ।

राष्ट्रिय लगानी बोर्डको वैठक राख्न लगाए अनि अबदेखि विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्सको लगानीमा पश्चिम सेति जलविद्युत आयोजना करिव २६०० मेघावाटको लाई अगाडी बढाउन निर्देशन दिए र सोही अनुरुप कानून तर्जुमाको लागि निर्णय गरे साथै लगानी बोर्डलाई अलि सक्रिय पूर्वक काम गर्न सल्लाह दिए ।

अर्को दिन संवैधानिक निकायका प्रमुखहरुसंग छलफल गरे । अख्तियारको काम कारर्वाही अलि सन्तोषजन नभएको र कतिपय अवस्थामा दोहोरो मापदण्ड राख्ने प्रवृति देखापरेको सन्दर्भमा ध्यानाकर्षण गरे साथै सबै खालका भ्रष्ट्राचारको अनुसन्धान र निवारणमा सरकारको सम्पुर्ण सहयोग रहने र कुनै हस्तक्षेप नहुने कुरा राखे । त्यस्तै लोकसेवा आयोगको अध्यक्ष ज्यूले वर्तमान कानूनले लोकसेवाको स्वायत्तता र निष्पक्षतामा पु¥याएको अवरोध वारे जानाकारी गराउनु भयो जुन मनासिव थियो मैले सो कानून तुरुन्तै संशोधन गर्ने गरी विध्येक नै पेशगर्ने आश्वासन दिए साथै आइन्दा लोकसेवाको सिफारिस विना कुनै अस्थायी करार कर्मचारी नियुक्ति नगर्ने निर्णय गरे । उहाँको भूमिकालाई उच्च सरहाना गरे ।

त्यसैगरी मानव अधिकार आयोग र महिला आयोगका पदाधिकारी ज्यू संग सघन छलफल गरे र निर्मला पन्तको हत्याको निष्पक्ष छानवीन हुन नसकेकोमा माफी माग्दै पुन छानवीनको लागी अधिकार सम्पन्न आयोग गठन गरे । जसमा अनुराधा कोइरालालाई आयोग अध्यक्ष बसिदिन अनुरोध गर्ने साथै सो आयोगले समग्र महिला सुरक्षा सम्वन्धी कानूनको मस्यौदा तयार गर्ने जिम्मा दिने निर्णय गरियो ।

संविधानमा लेखिए अनुसार मुलुकले समाजवाद उन्मुख लोकतन्त्रको अभ्यास गर्नु पर्ने हुँदा सरकारका अधिनमा रहेका आयल निगमको प्रतिस्पर्धा गर्न निजिक्षेत्रलाई पनि पूर्णरुपमा पेट्रोललियम पदार्थको आयात निर्यातका साथै बेचबिखन गर्ने कानूनी ब्यवस्था निर्माण गर्ने प्रक्रिया अगाडी बढाए । सम्पुर्ण स्कूल र हस्पिटल सरकारी भैसकेपछि सबै जनताको समान पहुँच सुनिश्चित हुने हुँदा देशमा आशाका केही किरण देखिन थाल्दै थिए । नागरिकहरु विस्तारै गाउँ फर्किने छन र गाँऊहरुमा रौनक आउनेछ भन्ने कुरामा म विस्त थिए ।

कोरोनाको महामारीमा भए गरेका भ्रष्ट्राचारहरुको छानवीन गर्न अख्तियारलाई अनुरोध गरे र साथै सरकारको सम्पुर्ण सहयोग रहने कुरामा आश्वस्त गराए । म भ्रष्ट्राचार हुन पनि दिदैन र सहदीन भन्ने अघिल्लो सरकारको नारालाई कार्यान्वयनमा ल्याउन राज्यका सम्पूर्ण सम्बन्धित निकायलाई निर्देशन दिए । भ्रष्ट्राचार र कालोबाजरीलाई पूर्वरुपमा नियन्त्रण गर्न लगाए ।

मेरो सचिवायलयका एकजना पिएले गैरकानूनी रुपमा शक्तिको दुरुपयोग गरी लाभ प्राप्त गरेको सूचनाको आधारमा छानवीन गरी निजलाई पदबाट मुक्त गरे साथै रिवन काट्ने कार्यमा ब्यस्त हुने कार्यतालीकालाई संशोधन गरी औचित्यताको आधारमा प्राथमिकीकरण गर्न लगाए । जव सम्म किसानले आफ्ना छोरा छोरीलाई कृषि पेशाबाट शिक्षा दिक्षा दिन सक्दैनन् तवसम्म नेपालको दिगो विकास हुनै सक्दैन भन्ने मेरो सोचलाई कार्यान्वयन गर्न सामुहिक कृषिप्रणाली र बैज्ञानिक विधिको प्रयोगमा जोड दिए । साथै भुटान सरकारको सहयोगमा एउटा अत्याधुनिक कृषि मल कारखाना खोल्ने निर्णय गरे जुन दाङ्गमा रहने निर्णय गरे ।

राष्ट्रिय र राष्ट्रिय स्वाधिनको बिषय धेरै महत्वपूर्ण र संवेदनशिल रहेको कारण यसलाई जनजीविका संग जोड्नु आवश्यकता थियो । नेपालले नयाँ नक्शा जारी गरेको कार्यलाई धन्यवाद दिदै भूमि फिर्ता ल्याउने अभियानमा कुनै प्रगति हुन सकिरहेको थिएन तसर्थ द्धिपक्षीय वार्तालाई प्रधानमन्त्रीस्तरबाट गर्दा फलदायी हुने ठानेर र भारतका प्र.म. श्री नरेन्द्र कुमार मोदी संग वार्ता गरे तर उहाँ धेरै सकरात्मक हुन नसकेको ठानी यस बिषयमा चिनिया राष्ट्रपति संग पनि सम्वादको लागी जनवादी मित्रराष्ट्र चिनको भ्रमणको लागी ब्यवस्था मिलाउन लगाए । उहाँ संगको भेटमा एउटा प्रश्न राख्छु कि छिमेकी महिला कि ब्यापार पहिला ? विगतमा सरकारबाट गलत किसीमले लाभ लिएकाहरु म संग निकै रुष्ट थिए तैपनि कुनै प्रवाह नगरी राष्ट्र निर्माणमा लागे अझै भन्ने हो भने मेरै परिवारका सदस्यहरु सुविधाहरु उपभोग गर्न नदिएकोमा रुष्ट थिए । त्यो पनि थाहा थियो कि राष्ट्रीय स्वार्थ केन्द्रविन्दुमानी पार्टीगत स्वार्थ र परिवारको घेराबाट माथि निस्किन सकिएन भने फगत सिहंदरवारमा एउटा फोटो झुण्डाउने बाहेक आफ्नो कुनै योगदान हुने छैन ।

सेनालाई पेशागत रुपमा दक्ष सेना बनोस भनेर विभिन्न ब्यवसाय र ठेक्का पट्टाबाट बाहिरै राख्ने निर्णय लिए । शुरुमा कहि समस्या देखिएपनि नेपाली सेनाले सहर्ष स्वीकार्यो र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उसको छवी अझै उच्च बन्न थाल्यो । भइगरेका निर्णयहरु शिक्षा र स्वास्थ्य सरकारको लगानीमा हुने भन्ने निर्णय पूर्ण रुपमा कार्यान्वयनमा आइनसकेपनि त्यसको परिवर्तन धनिभूत रुपबाट भैरहेको थियो । गाँउहरु सुविधा सम्पन्न बन्दै थिए । अब्यवस्थित शहरीकरण घट्दै थियो । जिन्दगीभरको कमाई एउटा घडेरी किन्ने सोचमा जसरी नागरिकहरु थिए, त्यसमा आमूल परिवर्तन ल्याएको देख्दा म मख्ख पर्दै थिए त्यहि बेला एउटा आवाज आयो । आज के भयो यति ढिला सम्म सुत्ने, मर्निङ वाक जानु पर्दैन । भूडी बढेर त्यो चाल छ । म त झसङ्ग भए । श्रीमतीको त्यो आवाज सुनेर । अनि उठेर बसे । ओहो ! मेरो जीवनमा प्रधानमन्त्री बन्ने अवसर आयो भने पक्कै यस्तै सपनामा देखे जस्तै कार्यहरु गर्नु पर्ला ।