Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

    श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    श्रीलंकामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ । ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने र राजनीतिक अस्थिरता अन्त्य गर्ने जिम्मेवारी पाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend