Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • भोलि कति बजेदेखि कति बजेसम्म सवारी साधन चलाउन नपाइने ?

    भोलि कति बजेदेखि कति बजेसम्म सवारी साधन चलाउन नपाइने ?

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    काठमाडौं । भोलि शुक्रबार स्थानीय तहको निर्वाचनको दिन बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

    निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् ।

    डीआईजी सुवेदीले भने, ‘आजै राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो, बिहान ६ बजेदेखि त पूर्णतः निषेध नै गरिन्छ ।’ बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend