Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • दोहोरो अंकले घट्यो नेप्से

    दोहोरो अंकले घट्यो नेप्से

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार
    4.7k
    Shares

    काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ ।

    निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन । सोमबार सार्वजनिक बिदा परेका कारण बजार मंगलबार मात्र खुल्ने भएको हो ।

    बिहीबार उत्पादन तथा प्रशोधन र अन्य उप समूहमात्र हरियो भयो । अन्य उपसमूह भने राताम्य रह्यो । यस दिन सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाए । बिहीबार कुल २२८ कम्पनीको कारोबार भएको थियो । यस दिन कुल ४० हजार २३ वटा कारोबारबाट ५२ लाख २७ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँको कारोबार भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend