Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • निर्वाचनको एक दिन अगाडी सुनसरीमा किन लगाइयो निषेधाज्ञा ?

    निर्वाचनको एक दिन अगाडी सुनसरीमा किन लगाइयो निषेधाज्ञा ?

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    इटहरी । जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

    जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजलाई विहिबार राती ८ बजेदेखी मतदानको दिन विहान ५ बजेसम्मको लागि पुर्ण निषेधज्ञा घोषणा गरिएको छ ।

    त्यस्तै, इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको १, ८ र ९ नम्बर र इनरुवा नगरपालिकाको ३, ९ र १० नम्बर वडामा निषेधाज्ञा जारि गरिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend