Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • रञ्जु दर्शनाको समर्थन सिर्जना सिंहलाई

    रञ्जु दर्शनाको समर्थन सिर्जना सिंहलाई

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    काठमाडौँ – युवा नेतृ रञ्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवगार सिर्जना सिंहलाई समर्थन गर्ने भएकी छन् ।

    मेयरकी उम्मेदवार सिंहलाई भेटेर दर्शनाले आफ्नो समर्थन रहेको बताएकी हुन् । भर्खरै विवाह बन्धनमा बाँधिएकी दर्शना विवेकशील साझा पार्टीकी नेतृसमेत हुन् । उनी यसअघि २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा पराजित भएकी थिइन् ।

    तत्कालिन विवेकशील नेपाली दलकी दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा २३ हजार चार सय ३९ मतका साथ तेस्रो स्थानमा आएकी थिइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend