Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • आईपीएलमा आज चेन्नई र मुम्बइ भिड्दै

    आईपीएलमा आज चेन्नई र मुम्बइ भिड्दै

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बइ इन्डियन्स खेल्नेछन् । यि दुईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    पुछारका दुई टोली आज जित निकाल्दै अंक तालिका सुधारको योजनामा रहेका छन् । चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि चेन्नई मुम्बईमाथि जितको खोजीमा रहेको छ ।

    यस अघिको भेटमा चेन्नईले मुम्बईलाई हराएको थियो । मुम्बईमै भएको खेलमा चेन्नई ३ विकेटले विजयी भएको थियो । यसअघि गयराति भएको खेलमा भने दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टायो । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend