Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • आईपीएल : राजस्थानमाथि दिल्लीको सहज जित

    आईपीएल : राजस्थानमाथि दिल्लीको सहज जित

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । मुम्बईमा बुधबार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

    टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको हो । राजस्थानकाकालागि रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले भने देवदूत पाडिकले ४८ रन जोडे । यस्तै दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले दुई÷दुई विकेट लिए ।

    राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टाएको हो । दिल्लीका मिचेल मार्शले ८९ रन तथा डेभिड वार्नरले अविजित ५३ रनको अर्धशतकीय पारी खेले ।

    राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले एक÷एक विकेट लिए । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend