
काठमाडौं: नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आएको जनाएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ,’ राष्ट्र बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४।३ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत पुगेको हो ।
यसमध्ये खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सात दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवातर्फको मूल्यवृद्धि सात दशमलव १८ प्रतिशत रहेको छ । नौ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?