Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • संसदमा जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

    संसदमा जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

    नेपालमञ्च संवाददाता
    बैशाख २८ २०७९, बुधबार

    काठमाडौँ –  सरकारले आर्थीक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने छ ।

    त्यसअघि नीति तथा कार्यक्रममाथी सांसदहरुले आ–आफ्नो धारणा राख्ने र संसोधन गर्नुपर्ने बिषय भए सरकारलाई सुझाव दिने गरिन्छ । जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे । जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुनेछ ।

    जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend