Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • युगान्डाविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीको घोषणा

    युगान्डाविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीको घोषणा

    नेपालमञ्च संवाददाता
    बैशाख २८ २०७९, बुधबार

    काठमाडौं : युगान्डाविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्ने भएकी छन् । क्षेत्रीको कप्तानीमा आज नेपाली टोलीको घोषण भएको छ ।

    टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी,ममता चौधरी,अश्मिना कर्माचार्य,सुमन खतिवडा,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई,बिन्दु रावल,इश्वरी विष्ट,डोली भट्ट,हिरणमायी रोय र ऋतु कनोजिया रहेका छन् ।

    नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी–ट्वान्टी जेठ २ गते हुनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend