२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
जसपा फुट्ने लगभग पक्का : महन्थले ओलीलाई दिए साथ दिने बचन
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ३ शुक्रबार
  •  
  •  
  •  
  •  

774

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए । ओली र ठाकुरबीच भएको भेटवार्तापछि कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो ।

जसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताए ।

उनले भने, ‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि बडाउने सहमति हामीबीच भएको छ । प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’ जसपाकै अर्काे पक्ष संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराइ र उपेन्द्र यादव भने केपी सरकारलाइ साथ दिन नसक्ने पक्षमा छन् ।

भर्खरै