Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • कांग्रेसबाट महाराजगन्ज नगरपालिकाको उपमेयर उम्मेदवारको मृत्यु

    कांग्रेसबाट महाराजगन्ज नगरपालिकाको उपमेयर उम्मेदवारको मृत्यु

    नेपालमञ्च संवाददाता
    बैशाख २७ २०७९, मंगलबार

    कपिलवस्तु : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

    नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

    उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए ।

    उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend