२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सत्ता जोगाउन माधव पक्षसँग हारगुहार गर्दै ओलीले भने : लौ न मलाई सहयोग गर्नुस्
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ३ शुक्रबार
  •  
  •  
  •  
  •  

651

काठमाडौँ । नेकपा एमालेको विवादसँगै बढ्दै गएको राजनीतिक संकटमा आफूलाई सुरक्षित राख्न केपी ओलीले नयाँ तरिका अपनाएका छन् । उनले दिनैजसो गाली गर्ने एमालेकै माधव नेपाल समूहका सांसदसँग उनले अहिले हिमचिम बढाउने प्रयास गरिरहेका छन् । ओलीले नेपाल समूहका सांसदहरुलाई छुट्टाछुट्टै भेटेर फकाउने प्रयास गरेका हुन् ।

प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेल तथा अर्थमन्त्री विष्णु पौडेलले खनाल–नेपालको साथमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा लाग्न आग्रह गरेका हुन्।

उनीहरुले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, ध्रुवबहादुर शाही, राजबहादुर बुढासहितका सांसदहरुलाई भेटिसकेका छन्। यी सबै सांसद प्रत्यक्ष निर्वाचित हुन्।

सांसद खतिवडालाई प्रधानमन्त्री ओली आफैँले फोन गरेका थिए। खतिवडासँग अर्थमन्त्री पौडेलले संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका थिए।

त्यसैगरी श्रेष्ठसँग महासचिव पोखरेलले सिंहदरबारस्थित कार्यालयमा चैत ३१ गते भेट गरेका थिए।

सांसद शाही र बुढासँग प्रधानमन्त्री ओलीले बिहीबार र बुधबार बालुवाटारमा आफैँले छलफल गरेका थिए। केन्द्रीय सदस्य तथा पाल्पाका सांसद सोमप्रसाद पाण्डेले ओलीसँग निरन्तर रुपमा छलफल गर्ने गरेका छन्। खतिवडा, श्रेष्ठ, शाही तथा बुढाले ओली पक्षसँग संवाद गरेको पुष्टि गरेका छन्।

प्रधानमन्त्री ओलीले शाही र बुढा दुवैसँग आफूलाई सहयोग गरिदिन आग्रह गरेका थिए। भेटपछि एक सांसदले प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा डिल गरेर अहिलेको समस्याको समाधान गर्न खोजेको देखिएको बताए।

भर्खरै