
काठमाडौं । स्थानीय तह निर्वाचनका कारण देशभर पेट्रोलियम पदार्थको खपत उच्च दरमा बढेको छ । दलहरुको भडि्कलो प्रचार र चुनावी मोटरसाइकल र्याली लगायतका कारण यही चुनावी माहोलमा नेपालमा इन्धनको खपतको नयाँ रेकर्ड नै राखेको छ । पेट्रोल र डिजलमा प्रतिलिटर उच्च् दरमा घाटा खेपिरहेको निगमलाई यसले थप दबाबमा पारेको छ ।
चुनावी प्रचार प्रसारका कारण दैनिक पौन ३ अर्ब रुपैयासम्मँ इन्धनमा खर्च भइरहेको नेपाल आयल निगमले जनाएको छ । जुन खपत सामान्य दिनको भन्दा निकै धेरै हो । निगमका प्रवक्ता विनितमणि उपाध्याय चुनावी प्रचारप्रसार तीव्र हुँदै गर्दा इन्धनको खपतको पनि नयाँ कीर्तिमान बनाएको बनाएको बताउँछन् ।
१९ वैशाखमा डिजल र पेट्रोलको बिक्रीमा नयाँ रेकर्ड कायम भएको निगमले जनाएको छ । सो दिन एकैदिन १० हजार ४ सय किलोलिटर डिजल र ४ हजार ९१० किलोलिटर पेट्रोल बिक्री भएको थियो, सो दिनमा ४९५ किलोलिटर हवाइ इन्धन पनि बि्रकी भएको निगमले जनाएको छ । १९ वैशाखमा पेट्रोल, डिजल र हवाइ इन्धन मात्रै २ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरैको त्रिjmी भएको थियो ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?