Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • चितवनमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

    चितवनमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    बैशाख २६ २०७९, सोमबार

    चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।

    सोही महानगरपालिका–७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २÷३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए ।

    उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

    घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend