
काठमाडौं : नेकपा एमाले काठमाडौंमा विद्रोहको संकेत देखिएको छ । स्थानीय तह निर्वाचन आउन पाँच दिन बाँकी रहँदा एमाले काठमाडौंका प्रभावशाली नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरले विद्रोहको संकेत गरेका हुन् ।
काठमाडौं क्षेत्र नं. ७ बाट लगातार दुई पटक सांसदमा निर्वाचित उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यसमिति सदस्य पनि बनाएनन् । चार सय सदस्यीय केन्द्रीय समितिमा पनि नअटाएका मानन्धर काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षका आकांक्षी थिए तर उनलाई एमालेले जिल्ला नेतृत्व पनि दिन चाहेन ।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उनले दावी गरेका थिए । काठमाडौंमा प्रभावशाली मानिने मानन्धर पटकपटक वडाध्यक्षसमेत निर्वाचित भइसकेका थिए । काठमाडौं महानगर कमिटीले उनीसहितको नाम महानगरको मेयरका लागि केन्द्रमा सिफारिस गरेको थियो तर केन्द्रले दुई पटक मेयर भइसकेका विवादित व्यक्ति केशव स्थापितलाई नै मेयरको उम्मेदवार बनाएपछि उनी रुष्ट बनेको बताइएको छ ।
एमाले नेतृत्वले पटकपटक अपमान गरेपछि मानन्धर यतिबेला पार्टीभित्र बिद्रोहको मुडमा पुगेको बताइएको छ । काठमाडौं महानगरको नेतृत्वका लागि एमालेबाट केशव स्थापित उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह उम्मेदवार छन् । स्वतन्त्रबाट उम्मेदवार रहेका बालेन शाहको पनि मेयरमा चर्चा छ तर काठमाडौंको मेयरमा स्थापित र सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमानका बीच एमालेका प्रभावशाली नेता रामवीरले कांग्रेससँगको निकटता देखाएका हुन् । उनले कांग्रेस नेता प्रकाशमान सिह र मेयर उम्मेदवार सिर्जना सिंहसँग भेटेको समाचार बाहिरिएको छ ।
तीन नेताबीचको कुराकानी सार्वजनिक नभएपनि महानगरको चुनावको मुखमा भएको भेटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमालेले कांग्रेससँगको मानन्धनरको भेटघाटलाई गम्भीर रुपमा लिएको छ । मानन्धरको साथबिना काठमाडौं मेयर जित्न नसकिने एमालेको हठर छ । तर पटकपटक पार्टी नेतृत्वबाटै अपमानित हुँदै आएका मानन्धरको सहयोग स्थापितलाई हुनेमा एमाले नै सशंकित छ ।
काठमाडौं क्षेत्र नं. ७ कांग्रेसको कमजोर क्षेत्र मानिन्छ । २०७४ सालमा कांग्रेसले राप्रपालाई छोडेको क्षेत्र हो यो । रामवीर सकारात्मक भए कांग्रेसबाट उनैलाई काठमाडौं –७ बाट उम्मेदवार बनाउन सकिने कांग्रेस काठमाडौंका नेताहरु बताउँछन् ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?